‘मिटर ब्याज’ शैलीमा जरिवाना, एउटैले १० करोडसम्म तिर्न बाँकी !
पाेखरा | फागुन ३०, २०७९
पोखरा: पोखराका व्यवसायीहरुले करको बक्यौता तिर्न अटेर गरेको पाइएको छ ।
आन्तरिक राजश्व कार्यालय पोखराका अनुसार व्यवसायीहरुले मूल्य अभिवृद्धि करको बक्यौता रकम नतिर्दा उनीहरुलाई थप भार परिरहेको जनाएको छ । निर्धारित समयमा कर नतिर्दा ऐन अनुसार त्यसको जरिवाना थपिँदै जान्छ ।
जरिवाना थपिँदै जाँदा सुरुमा निर्धारित भएको कर दूई गुणा बढी पुगेको राजश्वको तथ्यांक छ । व्यवसायीहरु निर्धारित समयमै कर तिर्न किन आनाकानी गर्छन् ? राजश्व कार्यालयको जवाफलाई मान्ने हो भने व्यवसायीहरुमा पछिल्लो समय अटेरी प्रवृत्ति बढिरहेको छ ।
सरकारले समयसमयमा कर उठाउन व्यवसायीहरुलाई सहुलियत दिएका कारण पनि उनीहरुले अटेर गरेका हुन् । लामो समयसम्म कर नतिरेका कम्पनीलाई सरकारले छूट दिने नजीर बसेपछि व्यवसायीहरु त्यस्तै अवसरको प्रतीक्षामा बस्ने गरेको समेत पाइएको छ ।
राजश्व कार्यालय पोखराले पछिल्लो समय सामाजिक सञ्जालमार्फत विवरण अद्यावधिक नगर्ने र कर नतिर्ने कम्पनीहरुको नाम सार्वजनिक गर्दै आएको छ । ‘उहाँहरुको नाम सार्वजकि गर्नुको उद्देश्य समयमै अपडेट होस् र कर बक्यौता भुक्तानी होस् भन्ने चाहना हो’ कार्यालयका कर अधिकृत गोपाल गिरी भन्छन् ‘तर ऐन, नियम पालना गर्ने काम भएको छैन ।’
राजश्वको भनाई मान्ने हो भने व्यवसायीले कानून नटेर्ने र स्किम आएपछि तिरौंला भन्ने मानसिकता हावी भएको छ । ‘केही व्यवसायी स्किमको पर्खाइमा छन् तर सँधै त्यो सम्भव छैन, अटेरी प्रवृत्ति बढेको छ ।’
पछिल्लो समय बक्यौता रकम तुरुन्त तिर्न राजश्वले जानकारी गराइसकेको भन्दै बेवास्ता गर्नेलाई आयकर ऐन – २०५२ अनुसार कार्वाही गरिने अधिकृत गिरीले जनाए । गिरिका अनुसार करको बक्यौता नतिर्नेमा पोखराका नाम चलेका व्यवसायीहरुकै संख्या अधिक छ ।
ऐन अनुसार ‘कर्जा असुली’ अन्तरगत कम्पनीको चल÷अचल सम्पत्ति कब्जा गर्ने, लिलाम बिक्री गर्ने देखि करदातालाई नेपाल बाहिर जान रोक लगाउनेलगायतका कारवाही उल्लेख छ ।
राजश्वले जनाएअनुसार १० करोड रुपैयाँको हाराहारीमा बक्यौता तिर्नुपर्ने कम्पनी पनि रहेका छन् । कर अधिकृत गिरी भन्छन् ‘फुलबारी रिसोर्टले तिर्नुपर्ने बक्यौता १० करोड रुपैयाँ बढी छ ।’
त्यस्तै, ५–७ करोड रुपैयाँ बक्यौता तिर्नुपर्ने कम्पनी थुप्रै छन् । यतिधेरै बक्यौता रकम भने करमात्र हैन । व्यवसायीले समयमै कर नतिर्दा बक्यौता हुँदै त्यसको जरिवानासहित राशी दोब्बर भएको हो ।
यसअर्थमा कर बक्यौताको हिसाबकिताब मिटर ब्याजको रफ्तारमा कुद्ने गरेको छ । बक्यौताको जरिवाना मिटर ब्याजजस्तै चर्काे भएको स्वयं अधिकृत गिरी स्वीकार्छन् । गिरी भन्छन् ‘बक्यौताको १५ र जरिवाना १० जोड्दा २५ प्रतिशतले मिटर घुम्छ ।’
राजश्वले जनाए अनुसार मूल्य अभिवृद्धि करको बक्यौतापछि ब्याजदर निकै चर्काे छ । जति ढिलो हुँदै गयौं उत्ति चर्काे हुँदै जान्छ ।
फुलबारी रिसोर्टको हकमा कारोबार नभएको धेरै वर्ष बितिसकेको छ । तर सञ्चालनमा रहँदा उसले देखाएको हिसाबकिताब अनुसार कर तिर्न बाँकी छ । ब्यापार भएकाबेला लिएको नाफाको निश्चित अंश करस्वरुप नतिरेपछि त्यसको जरिवाना बढिरहेको छ ।
हाल निकालेको सूचनामा पनि निर्धारित समयसम्म कर तिर्न खबरदारी गरेको तर जरिवानाको मिटर घुमिरहेको राजश्वको भनाई छ । ‘व्यापार चलेको बेला हिसाब देखायो तर कर तिरेन, निर्धारित समयमा नतिरेपछि जरिवानाको मिटर चल्यो’ गिरीले भने ।
कास्कीमा ६५ हजार हाराहारीमा करदाता छन् जसले व्यावसायिक पान नम्बर लिएका छन् । कसले कति कमाई ग¥यो वा कसरी अडिट रिपोर्ट बनायो भन्ने जानकारी राख्न राजश्वलाई कठिन छ । प्रायः करदाताले आफुखुशी तयार पार्न लगाएको रिपोर्टलाई नै आधार मान्नु पर्ने राजश्वको बाध्यता छ ।
गिरीकैै अनुसार व्यवसायीले तयार पारेको ‘सेल्फ एसेसमेन्ट’लाई नै आधार मानिन्छ । त्यसो त राजश्वसँग अनुसन्धान शाखा र सम्बन्धित कर्मचारी पनि छन् । तर मुस्किलले वार्षिक १ हजारजनाको मात्रै छानबिन गर्नसक्ने राजश्वले जनाएको छ ।
‘६४ हजार करदाताले जे विवरण बुझाए त्यही सदर गर्नुपर्ने बाध्यता छ’ अधिकृत गिरी निरिह सुनिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

